जनता टाइम्स

५ आश्विन २०७८, मंगलवार ०९:०८

काठमाडौँको नयाँ बस्तीमा ढलले बगाउँदा एक महिला बेपत्ता


काठमाडौं, ५ असोज ।  काठमाडौँ नयाँ बस्तीमा ढलले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । हिजो बेलुका साढे सात बजेतिर ठूलो पानी परेका बेला बाटो हिँडिरहेकी अन्दाजी ४० वर्षकी एक महिला चिप्लिएर ढलमा खसेकी प्रहरीले जनाएको छ । उनको परिचय खुलेको छैन् । हिजोदेखि नै खोजी गरे पनि अहिलेसम्म उनको शव नभेटिएको प्रहरीले जनाएको छ ।