काठमाडौं, ५ असोज । राष्ट्रिय सभाको अर्को बैठक ७ असोजमा बस्ने भएको छ । आजको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको हो। एमाले सांसदले बैठक चल्न नसक्ने बताए पनि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराउनुभएको थियो । सो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
सो प्रस्तावमाथिको छलफल ७ असोजलाई मिति तोकेका सभाध्यक्ष तिमिल्सिनाले अर्को बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिनुभएको हो । आज बसेको पहिलो बैठकमा एमालेका सांसदहरूले अवरोध सृजना गरेका थिए । त्यसपछि बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको थियो । दोस्रो बैठकलाई एमाले सांसदहरूले उठेर अवरोध सृजना गरे पनि कार्यसूचीमा प्रवेश गराएर प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरिएको हो ।













प्रतिक्रिया दिनुहोस्