गुल्मी, असोज ६ । गुल्मीमा पहिरोले घर पुरिँदा सुतिरहेका तीन जनाको मृत्यु भएको छ । रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्कामा तिलक परियारको घर माथिबाट पहिरो आई घरकमा सुतिरहेका छोरीहरु २१ बर्षकी भावना परियार र १४ बर्षका जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीका अनुसार राती करिब १ बजे घरमाथिबाट पहिरो आई घर भत्किदा एउटै कोठामा सुतिरहेका तीनै जनाको पुरिएर मृत्यु भएको र पुरिएको शब स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकालेको छ । उनीहरुको शबलाई अहिले गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ । तिलक परियार, उनकी श्रीमती र अर्की छोरी सुरक्षित रहेको र उनीहरुलाई छिमेकीको घरमा राखिएको छ ।













प्रतिक्रिया दिनुहोस्