जनता टाइम्स

७ आश्विन २०७८, बिहीबार ०९:१३

काठमाडौंमा झण्डै १९ लाख रुपैयाँसहित जुवातास खेल्ने पक्राउ


काठमाडौं, असोज ७ । काठमाडौंमा झण्डै १९ लाख रुपैयाँसहित जुवातास खेल्ने पक्राउ परेका छन् ।गएराति साढे १२ बजे काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–७ हरहर महादेवबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ र सात बुक ताससहित १३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।

स्थानीय कमल दाहालको घरमा तास खेलिरहेका बेलामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, काठमाडौंको कपनबाट पनि जुवातास खेलिरहेका ६ जना २५ हजार ५ सय ५ रुपैयाँसहित पक्राउ परेका छन् ।