जनता टाइम्स

६ असार २०७६, शुक्रबार १२:३०

सशस्त्र प्रहरीलाई योगाभ्यास


काठमाडौं, असार ६

पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सशस्त्र प्रहरी बल मुख्यालय, हल्चोकमा विशेष कार्यक्रम गरिएको छ । सशस्त्र प्रहरी बल र आर्ट अफ लिभिङको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मानव जीवन र स्वास्थ्यका लागि योग अति आवश्यक भएको बताउँदै फौजी जीवन आफैँमा तनाव र शारीरिक श्रमको पनि जीवन भएकाले ध्यान र चिन्तनको जरुरी हुने उल्लेख गर्नुभयो ।

आर्ट अफ लिभिङका अध्यक्ष कृष्ण केसीले योग सबै धर्म, सम्प्रदाय, वैचारिक दृष्टिकोण र पक्षधरका लागि उत्तिकै महत्वपूर्ण भएको विचार व्यक्त गर्नुभयो । कार्यक्रम संयोजक ऋतिका लोहियाले मन र शरीर शान्त राख्न योग जरुरी भएको बताउनुभयो । प्रशिक्षक लोहियाले योग र ध्यानका विभिन्न प्रयोगात्मक अभ्यास गराउनुभएको थियो । संयुक्त राष्ट्र सङ्घले २१ जुनलाई योग दिवसका रुपमा मान्दै आएको छ । आर्ट अफ लिभिङको स्थापना सन् १९८१ मा रविशङ्करले गरेका थिए, उनी एक आध्यात्मिक एवं मानवतावादी चिन्तक हुन् ।