जनता टाइम्स

८ आश्विन २०७८, शुक्रबार ०९:१४

खुम्बु पुगेर इन्दिरा जोशीले गरिन् इन्गेजमेन्ट (भिडियो)


काठमाडौं, असोज ८ । गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गर्नुभएको छ । केही समययता प्रेममा रहेका फेसन डिजाइनर शरद केडियासँग ३५ वर्षीया जोशीले इन्गेजमेन्ट गर्नुभएको हो । इन्दिराले यसअघि आफू प्रेममा रहेको बताए पनि प्रेमीको नाम भने खुलाउनुभएको थिएन । अहिले इन्गेजमेन्ट गरेको कुरा पनि उहाँ आफैंले भने औपचारिक रूपमा सार्वजिनक गर्नुभएको होइन ।

उहाँहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गर्नुभएको हो । इन्दिरा र शरदले औँठी साटेको सामाजिक सञ्जाल भिडियो टिकटकमा छ्यापछ्याप्ती छ । उहाँहरूबीच इन्गेजमेन्ट भएको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा पोस्ट गर्नुभएको छ । इन्दिरा र शरद हेलिकप्टरबाट इन्गेजमेन्छ गर्न खुम्बु क्षेत्र पुग्नुभएको थियो । क्याप्टेन थापाले भिडियोको क्याम्पसनमा लेख्नुभएको छ, ‘दुवै जनालाई उज्वल भविष्यको कामना !’