काठमाडौं, असोज ८ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, दोलखाले राष्ट्रिय युवा संघ नेपाल दोलखाको पुन :गठन गरेको छ ।धिरज सुवेदीको संयोजकतत्वमा १५२ सदस्यीय जिल्ला कमिटी पुर्न गठन गरेको हो । जम्मा १५५ सदस्यीय रहने कमिटीमा बाकि ३ जना भने पछि मनोनीत गरिने संयोजक धिरज सुवेदीले जानकारी दिनुभयो ।
संयोजक धिरज सुवेदी रहेको कमिटीको सह संयोजकमा भुवन गुरुङ रहनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल, दोलखाले जिल्ला कमिटी गठन सँगै युथ फोर्स पनि गठनगरि अवतार लामालाई प्रमुख र सुशान्त गुरुङलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ।त्यस्तै दोलखा क्षेत्र नम्बर एकको संयोजकमा सुशील के.सी. र क्षेत्र नम्वर दुइको संयोजकमा केदार थापा रहनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपाल, दोलखाले जिरी नगरपालिका बाहेक आठ वटै स्थानिय तहमा पालिका संयोजक तोकेको छ। जस अन्तर्गत गौरीशंकर गाउँपालिका संयोजक राम श्रेष्ठ ,वैत्यश्वर गाउँपालिका संयोजक विनोद घिसिङ, तामाकोसी गाउँपालिका संयोजक अर्जुन सुनुवार, मेलुङ गाउँपालिका संयोजक मिलन खड्का ,शैलुङ गाउँपालिका संयोजक शान्त लामा, भिमेश्वर नगरपालिका संयोजक सुजन श्रेष्ठ, कालिन्चोक गाउँपालिका संयोजक दिपक राउत र विगु गाउँपालिका संयोजक बन्धु मल्ल रहनुभएको छ ।
जिरी नगरपालिकाको संयोजक भने केही दिन पछि तोकिने राष्ट्रिय युवा संघ नेपाल, दोलखाका संयोजक धिरज सुवेदीले बताउनुभयो । अबको केही दिनमै राष्ट्रिय युवा संघ नेपाल, दोलखाले सम्पूर्ण पालिकामा कमिटी विस्तार गर्दै ७४ वटै वडामा सशक्त र क्रियाशिल युवाहरूलाई समेटेर कमिटी निर्माण गरिने सुवेदीले बताउनुभयो । त्यस्तै अहिलेको यो अपवित्र सरकार विरुद्ध गाउँ गाउँमा गइ नेपाली जनतालाई सुसूचित गर्ने र आगामी स्थानीय चुनावबाट फेरि पनि नेकपा एमाले लाई पहिले पार्टी बनाउन सक्रिय भएर युवा संघ लाग्ने संयोजक सुवेदीले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्