जनता टाइम्स

८ आश्विन २०७८, शुक्रबार १५:४०

दिल्लीको रोहिणी अदालतमा गोली चल्यो, तीन जनाको मृत्यु


दिल्ली, असोज ८। दिल्लीको रोहिणी अदालत अगाडि गोली चलेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा परी तीन जनाको मृत्यु भएको छ । शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको समाचारमा जनाइएको छ ।आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । आक्रमणमा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार राइवल टिल्लू ग्याङ्गका दुई सदस्य वकिलको भेषमा आएका थिए । उनीहरुले कोर्ट रुम नम्बर २०७ मा न्यायाधीश गगनदीप सिंहको अगाडि नै गोगीमाथि गोली चलाए । प्रहरीको स्पेशल सेलको जवाफी कारवाहीमा दुबैको मृत्यु भयो ।