सिन्धुपाल्चोक, असोज ८ । सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा नेपाली काङ्ग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेको लर्को लागेको छ । आज शुक्रबार नेपाली काङ्ग्रेसका प्रभावशाली नेता मंगले तामाङ सहित १५ जनाले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन ।
एमाले केन्द्रीय कार्यलयमा कार्यलय सचिव शेरबहादुर तामाङले उनीहरुलाई प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्दै मंगले तमाङले “कांग्रेसले अंगालेका कतिपय कुरा आफुलाइ मन नपरेको र एमालेले देश बिकासका निम्ति गरेका कार्यबाट प्रभावित भएकाले एमाले रोजेको बताए ।” मंगले तमाङ नेपाली काङग्रेस इन्द्रावती गाउपालिका वडा नम्बर ५ का सशक्त र सक्रिय युवा नेता थिए । सिन्धुपाल्चोकबाट एमालेमा प्रवेश गर्नेको संख्या बढिरहेको र अब चाडै नै फेरी जम्बो टोली सहित पार्टी प्रवेश गराउने कार्यक्रम रहेको अखिलका केन्द्रीय उपाध्यक्ष चन्द्र थिङले बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्