चितवन,९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा उहाँकै पार्टीलाई अर्को धक्का लागेको छ । नेकपा माओवादी केन्द्र जिल्ला सदस्यसहित २५ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र जिल्ला सदस्य सुरेन्द्र वस्नेतसहित २५ जना एमालेमा प्रवेश गर्नुभएको हो । खैरहनी ४ मा शनिवार एक कार्यक्रमका बीच नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य जेएन थपलियाले टिका लगाएर उहाँहरुलाई पार्टी प्रवेश गराउनुभएको हो नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै प्रतिस्पर्धीका रुपमा चुनावमा लड्न सक्ने एमालेका नेता रामवहादुर थापा वादलले बताएको भोलीपल्ट केन्द्रका जिल्ला सदस्य एमालेमा प्रवेश गर्नुभएको हो । केही दिन अघि मात्रै इच्छाकामनामा माओवादी केन्द्रका जिल्ला सदस्य एमालेमा प्रवेश गर्नुभएको थियो । गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले एक जना वडा सदस्य समेत जित्न सकेको थिएन भने चारै पालिकामा नेकपा एमालेले जित हात पारेको थियो ।
चितवनमा प्रचण्डलाई अर्को झड्का : जिल्ला सदस्यसहित २५ जना नेकपा एमालेमा प्रवेश













प्रतिक्रिया दिनुहोस्