जनता टाइम्स

९ आश्विन २०७८, शनिबार २०:५३

हेटौडामा कांग्रेस माओवादीलाई ठूलो धक्का, प्रभावशाली युवा नेतासहित ५४० जना एमाले प्रवेश


हेटौडा, असोज ९ । हेटौंडाका दुई वडामा कांग्रेस र माओवादी परित्याग गरी ५ सय ४० जना एमाले प्रवेश गरेका छन । हेटौंडा उपमहानगरपालिका वडा नंबर १२ र १३ को वडा भेलामा विभिन्न पार्टी परित्याग गरी सो संख्यामा नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

आज तरुण दल मकवानपुरका जिल्ला कमिटी सदस्य आशिष थापा मगर, माओवादि केन्द्रका बुद्ध गोले, कृष्ण बहादुर थिङ लगायत विभिन्न पार्टी परित्याग गरि हेटौंडा १२ बाट २७५ जना एमालेमा प्रवेश गर्नुभएको छ भने वडा नंबर १३ बाट २६५ जना एमालेमा प्रवेशको युवा संघ नेपाल हेटौँडा नगर कमिटिका अध्यक्ष राजेश नगरकोटीले जानकारी दिनुभयो ।

नवप्रवेसीलाई राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेल, सविधान सभा सदस्य अनन्त पौडेल, बागमती प्रदेशका सामाजिक बिकाश राज्यमन्त्री जुनेली श्रेष्ठ, एमाले प्रदेश कमिटी सदस्य एबम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, एमाले मकवानपुरका सचीव एकलाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महत, युवा संघ स्थायी कमिटी सदस्य सन्तोष चौलागाईं, युवा इन्चार्ज सुनिल मोक्तान, खेलकुद महासङ्घका उपमहासचिव धरम लामा, युवा संघ जिल्ला अध्यक्ष लक्ष्मण उप्रेती लगायतकाले स्वागत गर्नुभएको छ ।

महेश भट्टराई र सिन्धु थोकर अध्यक्ष चयन

यसैबीच भेलाले १२ नम्बर वडामा महेश भट्टराईको अध्यक्षमा ५३ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा राम लाल डिम्डुङ, सचिव अजय थिङ, सह–सचिव करण गोले र कोषाध्यक्षमा प्रविण लामा हुनुहुन्छ । यसैगरी सस्दयहरुमा राम चन्द्र दंगाल,अमृत थिङ, चन्द्र बहादुर घले,माधव घलान,मानव तिमल्सिना,युवाराज पौडेल,रविन्द्र घलान,रमेश थिङ,विजय थिङ,बुद्धि दंगाल लगायत रहनुभएको छ ।

यस्तै वडा नं १३ मा सिन्धु थोकरको अध्यक्षतामा ८७ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटीको उपाध्यक्षमा बुद्ध गोले,सचिव सुनिल पौडेल,सहसचिव सुजित मोक्तान,कोषाध्यक्ष प्रमिला न्यौपाने,सह कोषाध्यक्षमा किशुन वाइवा हुनुहुन्छ ।