जनता टाइम्स

९ आश्विन २०७८, शनिबार २१:५४

मान्छे नपाएपछि मृत्यु भएका कर्मचारीको कीर्ते हस्ताक्षर गरी संगठन घोषणा



काठमाडौँ, ९ असोज । अध्यादेशको बलमा नेकपा एमाले विभाजन गराएर नेकपा एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपालको निर्देशनमा कर्मचारीका नेता भनेर चिनिएका भोला पोखरेल, मोहन घिमिरे र रेवन्त गौतम लगायतले मृत्यु भैसकेका र उपसचिव रहेका कर्मचारीको नाम राखेर नेपाल निजामति कर्मचारी संगठनको घोषणा गरेका छन ।नेकपा एमालेको शुभेच्छुक संगठनको रूपमा पेशागत महासंघमा आवद्ध रहेको नेपाल निजामति कर्मचरी संगठनमा लोपोन्मुख गुट चलाइरहेका भोला पोखरेल र मोहन घिमिरे लगायतले आफ्नो बहुमत नपुग्ने भएपछि मृत्यु भएका कर्मचारी र उपसचिव समेत भैसकेका कर्मचारीको समेत नाम राखेर संगठनमा आफ्नो बहुमत रहेको भन्दै झ्याली पिट्ने कोशिश गरेका छन ।

माधव नेपालले कर्की ब्यांकेटबाट आफूलाई नेकपाको अध्यक्ष घोषणा गरेकै शैलीमा उनी निकटका रेवन्त गौतम र मोहन घिमिरेले आफूलाई आफैँ अध्यक्ष भएको घोषणा गरेको र त्यसको कुनै अर्थ नभएको नेपाल निजामति कर्मचारी संगठनको अधिवेशन आयोजक कमिटीका अध्यक्ष केदार देवकोटाले बताए ।देवकोटाका अनुसार संगठन भित्र निकै कम संख्यामा रहेका उनीहरूले अन्य कर्मचारीको नेताको हस्ताक्षर नै कीर्ते गरेर संगठनमा आफूले आफैँलाई अध्यक्ष घोषणा गरेपछि हस्ताक्षर कीर्ति गरिएकाहरूले आफ्नो हस्ताक्षर कीर्ते भएको सूचना सम्बन्धित निकायमा दिएका छन ।त्यसरी सूचना दिनेमा कर्मचारी नेता देवेन्द्र ढकाल लगायतका रहेका छन ।

This image has an empty alt attribute; its file name is Nepal-Nijamati-Karmachari-sangathan-560x768.jpg

मोहन घिमिरेको समूहले माइन्युट कब्जा गरी कीर्ते हस्ताक्षर गरेका मध्ये ४९ जनाले आफूहरूको हस्ताक्षर कीर्ते भएको भन्दै सामूहिक विज्ञप्ति समेत जारी गरिसकेका छन ।मोहन घिमिरेले कीर्ते हस्ताक्षरकै प्रयोग गरी आफू निजमति कर्मचारीहरूको आधिकारीक संगठन सिबिएको अध्यक्ष भएको स्वघोषणा गरेका छन भने रेवन्त गौतमले सोही कीर्ते हस्ताक्षर प्रयोग गरेर आफूसंगठनको अध्यक्ष भएको दाबी गरेका छन ।त्यस्तै उनीहरूले चार महिना अघि कोरोनाका कारण निधन भएका प्रधानमन्त्री कार्यालयका कर्मचारी स्वर्गीय कृष्ण भुजेलको समेत कीर्ते हस्ताक्षर प्रयोग गरेको नेपाल निजामति कर्मचारी संगठनकी उपाध्यक्ष भवानी दाहालले जानकारी दिइन ।

माधवकुमार नेपालले नेकपा एसले शिक्षक र कर्मचारीका लागि पार्टीको सदस्यता नबाँड्ने भनेर सस्तो प्रचार गराएपनि कर्मचारीको संगठन बनाउने तयारी गरिरहेको छ । यद्यपी पूर्व एमालेका शुभेच्छुक कर्मचारी मध्ये थोरै प्रतिशतले मात्र त्यसमा सहभागिता जनाउने बताएका छन । धेरै कर्मचारी नेताहरू नेपाल निजामति कर्मचारी संगठनको भेलामा सहभागी भैसकेका छन ।