जनता टाइम्स

१० आश्विन २०७८, आईतवार ०९:४५

बराबरीमा रोकियो भिल्लारियल र रियल म्याड्रिड


काठमाडौं, असोज १० । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भिल्ला रियलसँग गोल रहित बराबरी खेलेको छ । शनिबार राति रियलले भिल्ला रियलसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । यस सिजन अपराजित रहेको रियलले वर्नवेउमा गोल रहित बराबरी खेल्यो । कार्लोस एन्सेलोटी नेतृत्वको रियलले यस सिजन सुरुवाती ६ खेलमा २१ गोल गरेको छ । तर भिल्ला रियलविरुद्ध निकै कम आक्रमण रियलको देखियो ।

करिब बेन्जिमाको प्रहार र इस्कोको हेडरलाई गेरोनिमो रुलिकले बचाएका थिए । रियलको तुलनामा भिल्ला रियलले धेरै अवसर सिर्जना गरेको थियो । निकै संयोजित भएर खेलेको भिल्लारियलले घरेलु टोली रियललाई खेल अवधिभर दबाबमा राखेको थियो । रियल प्रशिक्षक कार्लो एन्सिलोट्टीले सुरुवाती एघारमा केही परिवर्तन गरेपनि रियलले अपेक्षित नतिजा निकाल्न सकेन । यसअघि पछिल्ला पाँचमध्ये रियलले चार खेल जितेको थियो ।

बराबरीका बाबजुद रियल ७ खेलबाट ७ अंक बटुल्दै शीर्ष स्थानमा कायम छ । दोस्रो स्थानको सेभिया पनि लिगमा अपराजित छ । ६ खेलबाट उसले १४ अंक बटुलेको छ । तेस्रो स्थानको एथलेटिको म्याड्रिडको पनि १४ अंक नै छ । तर उसले ७ खेल खेलिसकेको छ । रियल सोसिडाड ६ खेलबाट १३ अंक बटुल्दै चौथो स्थानमा छ । बराबरीपछि भ्यालेन्सिया पाँचौ स्थानमै कायम छ । उसले ७ खेलबाट ११ अंक बटुलेको छ । एजेन्सी