जनता टाइम्स

१० आश्विन २०७८, आईतवार ०९:५१

नेपाली कांग्रेसको पोखरा महानगर सभापतिमा विजुक्छे विजयी (कसले कति मत प्राप्त गरे सूचिसहित)


पोखरा, १० असोज । नेपाली कांग्रेसको पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी हुनुभएको छ । पार्टीको १४औं महाधिवेशन अन्तर्गत शनिबार भएको मतदान र आइतबार सम्पन्न मतगणनामा प्रत्यासी गंगाधर पराजुलीलाई पराजित गर्दै विजुक्छे सभापतिमा निर्वाचित गर्नुभएको छ । सभापति पदका उम्मेदवार रामराज लामिछानेले २०९ मत, मिलन तिवारीले १५०, मोहन बाँस्तोलाले १२६ र ज्योती हमालले ११ मत प्राप्त गर्नुभएको छ ।

सभापतिमा निर्वाचित विजुक्छे यसअघि उपसभापतिको भूमिका निर्वाह गर्नुभएको थियो भने हाल पोखरा उद्योग वाणिज्य संघको महासचिव हुनुहुन्छ। उहाँ २०३६ सालबाट नेविसंघ हुँदै कांग्रेसको राजनीतिमा होमिनुभएको थियो । यसैगरी उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित भएका छन् । भण्डारीले ५६९ मत र बरालले ४६४ मत प्राप्त गर्नुभएको छ । यस्तै सचिवमा टुवराज बाँस्तोला ८५८ मत र गणेशबहादुर थापा ७८४ मतका साथ विजयी भएका छन् भने सहसचिवमा संघर्ष कोइराला ५८० र सञ्जय आलेले ५६५ मत प्राप्त गरि विजयी हुनुभएको छ ।

कसले कति मत प्राप्त गरे ?