जनता टाइम्स

१० आश्विन २०७८, आईतवार १२:००

गगनको निर्वाचन क्षेत्र कपनको ढलमा खसेका बालकको शव ललितपुर-मकवानपुरको सीमाक्षेत्रमा भेटियो


काठमाडौं, असोज १० । नेपाली कांग्रेसका चर्चित नेता गगन थापाले जित्नुभएको काठमाडौं ४ स्थित कपनमा ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा भेटिएको छ ।

ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका १, घुसेलमा शनिबार राति बालकको शव भेटिएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले जानकारी दिनुभयो । बज्राचार्यले ‘फोटो हेरेर परिवारले सखानत गरिसकेको बताउनु भयो । गत मंगलबार राति कपनस्थित ढलमा १० वर्षीय उज्जवल विक खसेका थिए ।