काठमाडौं, असोज १० । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको एक वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । बूढानीलकण्ठ नगरपालिका– ८ को गोल्फुटारस्थित वडा कार्यालयको शौचालयमा करिब ४० वर्षीइ पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले बताउनुभयो ।
उहाँका अनुसार बन्दै गरेको शौचालयको प्यासेजमा आज बिहान उहाँको शव भेटिएको हो । मृतकको पहिचान खुलेको छैन । मृतक पुरुष मानसिक रोगी रहेको र धेरै समय पहिलेदेखि त्यही क्षेत्रमा रहँदै आएको स्थानीयको भनाई छ । यस विषयमा प्रहरीले घटनास्थल पुगी शवको जाँच गरिरहको र अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्