जनता टाइम्स

१० आश्विन २०७८, आईतवार १८:५८

‘मिस नेपाल युएस’ को उपाधि प्रतिक्षालाई


काठमाडौं, असोज १० । मिस नेपाल युएस–२०२१ को उपाधि प्रतिक्षा शुक्लाले प्राप्त गर्नुभएको छ । अमेरिकाको न्यूयोर्कमा सम्पन्न प्रतियोगितामा शुक्लाले आफ्ना १० प्रतियोगीलाई पछि पार्दै ताज पहिरिनुभएको हो । प्रतियोगितामा प्रथम उपविजेता कला न्यौपाने घोषित हुनुभएको छ भने द्वितीय उपविजेता अलिशा लिम्बु बन्नुभएको छ ।

यसअघि मिस नेपाल युएस २०११ मा न्यूयोर्क शहरबाट सुरु भएको यो समारोह १० औं वार्षिकोत्सव हो । सुजिता बस्नेतले पहिलो अमेरिका नेपाल सुन्दरी (मिस नेपाल युएस) को ताज पहिरिनुभएको थियो । यस प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यहरूबाट प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।

अमेरिका–नेपाल सुन्दरी प्रतियोगिता २०२१ को शीर्ष १० मा पुग्ने प्रतियोगीहरु क्रमशः अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रिया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ, सोन्याषा थापा तथा अलिशा लिम्बु हुनुहुन्थ्यो ।