जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार २०:१६

निःशुल्क सेनेटरी प्याड वितरण


काठमाडौं, असोज १२ । युग बुद्ध नेपालले भृकुटी मण्डपस्थित सार्वजनिक शौचालयदेखि निःशुल्क सेनेटरी प्याड वितरण अभियानको शुभारम्भ गरेको छ । यो अभियानबाट सयौँ महिला लाभान्वित भएका छन् ।

यसअघि सो संस्थाले महिलाका लागि निःशुल्क परिवार नियोजनका साधन वितरण गरिसकेको छ ।

संस्थाले क्रमशः देशका प्रमुख सहरका शौचालय, विद्यालय तथा अन्य आवश्यक पर्ने स्थानमा प्याड वितरण गरिँदै लैजाने अभियान रहेको बुद्ध नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।