जनता टाइम्स

७ असार २०७६, शनिबार १८:४९

राजनीतिक प्रतिवेदन सम्पादनमा लैजाने नेकपाको निर्णय, राजनीतिक अवस्थाका बारेमा पनि छलफल


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा अध्यक्षद्धयले पछिल्लो राजनीतिक अवस्थाका बारेमा बिफिङ गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकमा प्रधानमन्त्री समेत रहनुका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो युरोप भ्रमणका बारेमा जानकारी गराउनु भएको हो ।

यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अवस्थाका बारेमा सदस्यलाई जानकारी गराउनु भयो । यद्यपी सचिवालय बैठकले राजनीतिक प्रतिवेदनलाई सम्पादनमा लैजाने निर्णय गरेको छ । बैठकले राजनीतिक प्रतिवेदनलाई सम्पादनका लागि पठाउने निर्णय गरेको महासचिव बिष्णु पौडेलले जानकारी दिनुभयो । एकता प्रक्रिया छिटो टुङ्गयाउने बिषयमा छलफल भएपनि कुनै निर्णैय भने नभएको नेताहरुले बताएका छन । प्रधानमन्त्री मुस्लिम संघको कार्यक्रममा जानुपर्ने भएकाले बैठक चाडै सकिएको पनि नेताहरुले जानकारी दिनुभएको छ ।