जनता टाइम्स

२१ आश्विन २०७८, बिहीबार १९:३१

माधवले खोसेरै छाडे कांग्रेसले लिएको मालदार मन्त्रालय


काठमाडौं, असोज २१ । सरकारमै सहभागी नहुने धम्की दिएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हिडेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालय भागबण्डा सच्याउनु भएको छ ।

देउवाले कांग्रेसको भागमा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एकीकृत समाजवादीलाई दिने निर्णयसहित चार मन्त्रालय दिने निर्णय लिनुभएको हो । आजको निर्णयअनुसार एकीकृत समाजवादीले संघीय सरकारमा स्वास्थ्यसहित चारवटा मात्र मन्त्रालय पाउने भएको छ ।

नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्यासहित श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पाउने भएको हो ।