जनता टाइम्स

२३ आश्विन २०७८, शनिबार ०९:०९

खोटाङ कांग्रेस-माओवादीमा पहिरो, तीन दर्जन नेता कार्यकर्ता एमाले प्रवेश


खोटाङ, असोज २३ । सत्तारुढ नेपाली कांग्रेस र माओवादी परित्याग गरी खोटाङमा तीन दर्जन बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन । जिल्लाको उत्तरी क्षेत्र ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा आवद्ध क्रियाशिल नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

परमादेशको गठबन्धित सरकारले आमनागरिकको सेवामा नखट्ने र विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को विषम परिस्थितीमा सरकारले नागरिकको हक हितमा काम नगरेकाले नेकपा एमाले रोजेको नवप्रवेशीले बताएका छन् ।

कार्यक्रममा पार्टीका जिल्ला कमिटी सचीवालय सदस्य तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल र जिल्ला कमिटी सचीवालय सदस्य तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रुख विणदेवी राईले नवप्रवेशीहरुलाई खादा तथा अबिरले सम्मान गरी पार्टी प्रवेश गर्नुभएको छ ।