जनता टाइम्स

३० आश्विन २०७८, शनिबार ०९:२०

बेलायतमा सांसदको छुरा प्रहार गरेर हत्या


लण्डन, असोज ३० । बेलायतमा एक जना सांसदको छुरा प्रहार गरेर हत्या गरिएको छ । साउद इन्ड वेष्ट निर्वाचन क्षेत्रका सांसद सर डेभिड अमिसमाथि उहाँकै निर्वाचन क्षेत्रको बेलफेयर मेथोडिष्ट चर्च, लि अन द सीमा रहेको कार्यालयमा हिजो छुरा प्रहार भएको थियो । एसेक्सको साउद इन्ड वेष्टको प्रतिनिधित्व गर्ने सर डेभिडमाथि शुक्रवार दिउँसो बेलफेयर मेथोडिस्ट चर्चमा आक्रमण भएको थियो।

सांसदको हत्याको आशंकामा २५ वर्षिय एक व्यक्ति पक्राउ परेका छन् । आक्रमणकारीले सांसद डेभिडमाथि पटक-पटक छुरा प्रहार गरेको पोस्टमाटममा देखिएको छ । ६९ वर्षिय सांसद डेबिडका ५ जना छोराछोरी रहेका छन् । अमिस सन् १९८३ देखि सांसद थिए । उहाँ साउद इन्ड वेष्टबाट सन् १९९७ देखि निरन्तर निर्वाचित हुँदै आएका थिए ।