जेनेभा, साउन २५ । नर्वेमा कार्यरत नेपाली चिकित्सक प्राडा. सुरजबहादुर थापा ‘नेपाली स्वास्थ्यकर्मी अफ द इयर २०२६’ अवार्डबाट सम्मानित हुनुभएको छ ।
स्विट्जरल्यान्डको जेनेभामा शनिबार आयोजित ‘सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोप’ को दोस्रो स्वास्थ्य सम्मेलनको क्रममा थापालाई उक्त सम्मान प्रदान गरिएको हो।
सोसाइटीका अध्यक्ष डा. विनय श्रेष्ठ, स्विट्जरल्यान्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी र नेप्लिज डक्टर्स एसोसिएसन यूकेकी अध्यक्ष डा. आरती थापाले संयुक्त रूपमा प्रा।डा। थापालाई ताम्रपत्र र दोसल्लासहित सम्मान गर्नुभयो ।
युरोपमा नेपालीको प्रतिनिधित्व गर्दै स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान, शैक्षिक तथा व्यावसायिक उपलब्धि एवं मानसिक स्वास्थ्य र मनोचिकित्साको क्षेत्रमा गरेको अनुसन्धान तथा योगदानको मूल्यांकन गर्दै प्राडा. थापालाई सम्मान गरिएको सोसाइटीका अध्यक्ष डा. श्रेष्ठले जानकारी दिनुभयो ।
उत्कृष्ट चिकित्सकको सम्मान पाउने थापा दोस्रो नेपाली स्वास्थ्यकर्मी हुन। सोसाइटीले गत वर्ष पहिलोपटक ‘नेपाली स्वास्थ्यकर्मी अफ द इयर’ सम्मान प्राडा. गणेश आचार्यलाई प्रदान गरेको थियो।














प्रतिक्रिया दिनुहोस्