जनता टाइम्स

९ असार २०७६, सोमबार ०९:१९

नगरसभाका लागि सुर्यविनायकका सम्पूर्ण कार्यालय दुई दिन विदा


भक्तपुर ।

सूर्यविनायक नगरपालिकाले नगरसभाका लागि दुई दिन सार्वजनिक बिदा दिएको छ । पाँचौं नगरसभाको तयारी र व्यवस्थापनका लागि नगरपालिका अन्तर्गतका विषयगत कार्यालयहरूमा असार ९ र १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नगरपालिकाको पाँचौं नगरसभा असार ९ गते अर्थात सोमबार सुरु हुने र उक्त अवसरमा आगामी आर्थिक वर्ष ०७६ ७७ को नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्नेकार्यक्रम रहेकाले बिदा दिने निर्णय गरेको नगरपालिकाकी उपमेयर जुना बस्नेतले जानकारी दिनुभयो । नगरपालिका, वडा कार्यालयमा काम नहुने र नगरका जनप्रतिनिधि तथा कर्मचारी कार्यक्रममै व्यस्त हुने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ।