जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार १५:२०

फेसबुक र ट्वीटरलाई काउन्टर दिन ट्रम्पले गरे नयाँ सामाजिक सञ्जालको घोषणा


न्युयोर्क, कात्तिक ४ । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’ सञ्चालन गर्ने भएका छन् । ट्विटर र फेसबुकले पूर्वराष्ट्रपति ट्रम्पको एकाउन्ट निलम्बन गरेपछि उहाँले नयँ सामाजिक सञ्जाल सञ्चालन गर्न लाग्नुभएको हो ।

ट्रम्पले अध्यक्षता गर्ने ट्रम्प मिडिया एन्ड टेक्नोलजी ग्रुप टीएमटीजीले ट्रुथ सोशल सञ्चालन गर्नेछ । टीएमटीजीले भिडिओ स्ट्रीमिङ सेवा पनि सुरु गर्ने जनाइएको छ ।

गत वर्ष राष्ट्रपति निर्वाचनमा साम्प्रायिक र जातीय द्वन्द्व फैलाउने अभिव्यक्तिपछि ट्विटर र फेसबुकले ट्रम्पको एकाउन्ट निलम्बन गरिदिएको थियो ।