इलाम, कात्तिक ९ । नेकपा एमाले देउमाई नगर कमिटीको अध्यक्षमा भिमलाल खनाल निर्वाचित हुनुभएको छ । आज सम्पन्न प्रथम अधिवेशनबाट खनाल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अधिवेशनल उपाध्यक्षमा दावा तामाङ, सचिवमा नेत्र ढुङगेललाई चयन गरेको छ भने उपसचिवमा गंगा भट्टराई र चिजुमाया राई पनि निर्वाचित हुनुभएको छ । अधिवेशनले पदाधिकारीसहित ६७ सदस्यीय कमिटी गठन गरेको छ ।












प्रतिक्रिया दिनुहोस्