इलाम, कात्तिक १० । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी चुनावमा एमालेको बिजयलाई कसैले रोक्न नसक्ने र पुनः जनादेशबाट सरकारको नेतृत्व गर्ने बताउनु भएको छ । इलाम सदरमुकाममा आज आयोजित पाँचौं जिल्ला सभालाई सम्बोधन गर्दै एमाले संसदीइ दलका उपनेतासमेत रहनुभएका संबिधानसभा अध्यक्ष नेम्वाङले यस्तो ठोकुवा गर्नुभएको हो ।
उहाँले सवै षडयन्त्रको पर्दा खुलिसकेकोले नेकपा एमालेले मुलुकभर पुनः जित हासिल गर्ने बताउनु भयो । उहाँले नेपालको संविधान सबैले स्वीकार गरिसकेको तथ्य पनि सुनाउनु भयो । नेपालको नयाँ नक्सा पारित गर्ने क्रममा सबै दलले समर्थन गरेकाले संविधान स्वीकार गरेको उहाँको भनाई छ ।
‘नेपालको संविधान निर्माण गर्दा केही दलको समर्थन थिएन तर, नक्सा पारित गर्ने बेला सबैको स्वीकार रह्यो,’ नेम्वाङले भन्नुभयो, ‘संविधानप्रति कसैको बिमती रहनु बेग्लै कुरा हो तर, अहिले कसैको पनि अस्वीकार छैन ।’ भारतमा पनि त्यहाँको संविधान स्वीकार गर्न सर्वसाधारणलाई पाँच बर्ष लागेको नेम्वाङले बताउनु भयो अहिलेको संविधान लचक भएकाले आवश्यकताअनुसार परिमार्जन गर्दै लैजान सकिने पनि उहाँले प्रष्ट पार्नुभयो ।













प्रतिक्रिया दिनुहोस्