जनता टाइम्स

१० असार २०७६, मंगलवार १६:१७

मन्त्री बिना मगरको स्वागतमा बसेका जनतामाथि पूर्वसांसद विष्टले गराए कुटपिट


कञ्चनपुर, असार १०

खानेपानी मन्त्री बीना मगर आफ्नो निर्वाचन क्षेत्रमा जाँदा मन्त्रीको स्वागतमा रहेका जनतामाथि कांग्रेसका कार्यकर्ताहरुले कुटपिट गरेका छन ।

पूर्वसांसद समेत रहेका मन्त्री मगरसँग पराजित कांग्रेस नेता देवान विष्टको निर्देशनमा मन्त्रीको स्वागतमा रहेका जनतामाथि कुटपिट गरेको नेकपाका नेता दीपक तिमिल्सिनाले बताउनु भयो । पुनर्वास नगरपालिका दोकेबजारस्थित खानेपानी मन्त्रीको स्वागतमा उपस्थित जनतामाथि एकाएक कांग्रेस कार्यकर्ताले निर्घात कुटपिट गरेको नेता तिमिल्सिनाको भनाई छ ।

उक्त कुटपिटमा परी तीन जना स्थानीय घाइते भएका छन । घाइते हुनेहरुमा बलबहादुर तामाङ, सुरेश अधिकारी र गुड्डु धामी रहेका छन । घाइते तीनै जनाको धनगढीस्थित मायामेट्रो हस्पिटलमा उपाचार भइरहेको जनाइएको छ । केही महिना अघि कांग्रेस नेता विष्टले विद्युत प्राधिकरण, बेलौरी शाखा प्रमूखलाई अनावश्यक धम्की दिएको विषयलाई लिएर खानेपानी मन्त्रीले राष्ट्रसेवक कर्मचारीमाथिको हातपात खेदजनक भएको बताउनु भएको थियो । सोही विषयम रिसीबी राख्दै विष्टले मन्त्रीमाथि हमला गर्न खोजको नेकपाका नेताहरुले बताए ।

यता कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका कांग्रेस नेताहरुले समेत नेता विष्टको त्यस्तो कदमप्रति विरोध जनाएका छन ।