सुनसरी, कात्तिक १४ । नेकपा एमाले इटहरी उपमहानगर कमिटीको अध्यक्षमा याम कुमार सुब्बा निर्वाचित हुनुभएको छ । आज सम्पन्न प्रथम अधिवेशनबाट सुब्बा निर्वाचित हुनुभएको हो । यसैगरी उपाध्यक्षमा दुःखीलाल चौधरी, सचिवमा रुपेश बस्नेत र सहसचिवहरुमा जितेन्द्र थापा र मन्दिरा भट्टराई निर्वाचित हुनुभएको छ ।
अधिवेशनले खुल्ला सदस्यहरुमा राजु दंगाल, डिकबहादुर राई (डिबी), केदारनाथ बास्तोला, उज्वल सिग्देल, टोमप्रसाद तिम्सिना, सुजन लामा, ऋषि नेपाल, प्रशान्त पोखरेल चोठीलाल चौधरी, केदार घिमिरे, ध्रुवप्रसाद कोइराला, वेदनाथ भेटवाल र गोपाल गिरी निर्वाचित हुनुभएको छ । यस्तै खुल्ला महिला सदस्यमा रञ्जु सिग्देल कमला निरौलाअनिता निरौला तिम्सिना भीमाकुमारी तुम्बाहाम्फे यमुना चापागाईं चन्दा पुरी मेनुका घिमिरे र गोमा बिश्वकर्मा निर्वाचित हुनुभएको छ ।
यस्तै वडागत भूगोल, मजदुर, वुद्धिजिवि, ब्यापारी, युवा,आदिवासी जनजाती, मुस्लिम, मधेशी, थारु र दलित कोटा गरि ८५ जना निर्वाचित हुनुभएको छ । पदाधिकारीमा दुई र सदस्यहरुमा ४४ जना गरी ४६ जना निर्विरोध र अन्य पदाधिकारी र सदस्यहरुमा निर्वाचन भएको थियो ।













प्रतिक्रिया दिनुहोस्