जनता टाइम्स

१५ कार्तिक २०७८, सोमबार १३:००

बेहोस भएपछि सीपी गजुरेल अस्पताल भर्ना


काठमाडौं, कात्तिक १५ । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल बेहोस भएपछि अस्पताल भर्ना हुनुभएको छ । सोमबार बिहान अचानक बेहोस भएपछि उहाँलाई सिभिल अस्पताल भर्ना गरिएको हो ।

अहिले उहाँको होस खुलेको पारिवारिक सदस्यले जानकारी दिएका छन् । अस्पताल लगिएसँगै उहाँनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।