जनता टाइम्स

१५ कार्तिक २०७८, सोमबार १७:३४

प्रदेश १ को मुख्यमन्त्री बन्दै युवा नेता राजेन्द्र राई


विराटनगर, कात्तिक १५ । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेश गर्नुभएको छ । मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मंगलवार १ बजेसम्म दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

प्रदेश प्रमुखको आह्वान लगत्तै राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसमेतका ४९ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखले मंगलवार नै राईलाई मुख्यमन्त्रीमा सपथग्रहण गराउने हुनुभएको छ ।