जनता टाइम्स

११ असार २०७६, बुधबार ०८:४१

सिरहाका ६ स्थानीय तहले गर्न सकेनन् नगर सभा


शुभ नारायण कामती

सिरहा, असार ११

संघीय सरकारले स्थानीय तहरुलाई असार १० भित्रै बजेट ल्याइसक्न निर्देशन दिएकोमा सिरहाका १७ स्थानीय तह मध्ये ६ वटा स्थानीय तहले गाउँ तथा नगर सभामा बजेट पेश गर्न सकेका छैनन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० बजेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगर सभामा बजेट पेश गरिसक्न निर्देशन दिएको थियो । समयमै बजेट नआएमा संघीय सरकारबाट सम्बन्धित स्थानीयत तहमा जाने अनुदान र राजश्व बाँडफाँटको प्रवधन्नमा समस्या पर्ने चेतावनी अर्थ मन्त्रालयले दिएको छ । तर सिरहामा ८ नगरपालिका र ९ गाउँपालिका गरी १७ स्थानीय तह रहेकोमा ४ गाउँपालिका, २ नगरपालिका गरी ६ वटा स्थानीय तहले गाउँ तथा नगर सभामा बजेट पेश गर्न नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाका प्रमुख राधेश्याम गिरीले बताउनु भयो ।

नरहा गाउँपालिका, औरही गाउँपालिका, बिष्णुपुर गाउँपालिका र बरीयारपट्टी गाउँपालिका गरी ४ वटा गाउँपालिकाले गाउँसभा गर्न सकेनन् । त्यस्तै कल्याणपुर नगरपालिकाले नगरसभा गर्न सकेको छैन भने सिरहा नगरपालिकाले नगरसभामा बजेट पेश गर्न नसकेको प्रमुख गिरीले बताउनु भयो । सिरहाका विभिन्न स्थानीय तहमा आन्त्रिक विवाद, जन प्रतिनिधिहरु विचको अपार्दशिकताले समयमा नगरसभा हुन नसकेको उहाले जानकारी दिनुभयो ।