जनता टाइम्स

११ असार २०७६, बुधबार १०:५७

दलित पत्रकारको राष्ट्रिय सम्मेलन असार १३ देखि पाल्पाको तानसेनमा


पाल्पा, असार ११

नेपाल पत्रकार महासंघमा आवद्ध दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलन पाल्पाको तानसेनमा यही असार १३, १४ र १५ गते हुने भएको छ । सम्मेलनलाई व्यवस्थित बनाउनका लागि महासंघले मूल समिति र छ उपसमिति गठन गरेको पाल्पा शाखा अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो ।

सो सम्मेलनमा कार्यसमितिका पदाधिकारी, सल्लाहकार, केन्द्रीय तथा प्रदेश पार्षद, विभिन्न सञ्चारमाध्यमका प्रमुखको सहभागिता रहने बताइएको छ। देशभरबाट झण्डै एक सय बढी पत्रकारको सहभागिता हुँदा पाल्पाको पर्यटन क्षेत्रको थप प्रचारप्रसार हुने विश्वास गरिएको छ ।