जनता टाइम्स

१७ कार्तिक २०७८, बुधबार १७:२२

आज थपिए ४४७ संक्रमित, ७ जनाले गुमाए ज्यान


काठमाडौं, कात्तिक १७ । आज नेपालमा ४४७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट ३९५ र एन्टिजेन परीक्षणबाट ५२ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६ हजार ५७७ नमुनाको पीसीआर परीक्षण र ३ हजार ३३६ एन्टिजेन गरी जम्मा ९ हजार ९१३ स्वाव परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ३३९ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ७ जनाले ज्यान गुमाएका छन् भने हाल देशभर ९ हजार १२३ सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १३ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९४ हजार ७२६ पुगेको छ । हालसम्म ७ लाख ९३ हजार २७१ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४३४ पुगेको छ।