काठमाडौं, कात्तिक १७ । चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोपको १६ लाख मात्रा (डोज) आज विहान नेपाल आइपुगेको छ। चीनले अनुदानमा उपलब्ध गराएको उक्त खोप स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अनुदान स्वरुप आएको खोप हस्तान्तरण गर्नुभयो ।
शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि चीनले नेपाललाई थप १६ लाख डोज कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो । गत साउन १ गते प्रधानमन्त्री देउवासँगको भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत यान्छीले अनुदान स्वरुप थप १६ लाख डोज खोप उपलब्ध गराइने जानकारी दिनुभएको थियो ।
चीनले नेपाललाई यस अगाडि नै १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको थियो । आज हस्तान्तरण गरिएको १६ लाखसहित नेपाललाई चीनले ३४ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ । स्वास्थ्यमन्त्री खतिवडाका अनुसार नेपालले खरिद प्रक्रिया मार्फत समेत १ करोड डोज चिनियाँ खोप नेपाल ल्याइसकेको छ ।













प्रतिक्रिया दिनुहोस्