जनता टाइम्स

११ असार २०७६, बुधबार १३:२८

बालुवाटार जग्गा प्रकरणमा अख्तियारको एक्सन : बयानका लागि आरोपीलाई बोलायो


काठमाडौं, असार ११

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारको सरकारी जग्गा हिनामिनाका आरोपीलाई बयानका लागि बोलाउन शुरु गरेको छ । मालपोतका कर्मचारीसँग मिलेर बालुवाटार ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कार्यमा संलग्नका परिवारलाई बयानका लागि बोलाएको हो ।

अख्तियारले बुधबार सूचना जारी गर्दै पूर्वसचिव शारदा त्रितालको समितिले भूमाफिया भनेका शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीका परिवारसहित ८६ जनालाई बयानका लागि बोलाएको छ । अख्तियारले भाटभटेनी सुपर्मार्केटका सञ्चालक मिनबहादुर गुरूङको परिवारलाई पनि बयानका लागि बोलाएको छ।

त्यस्तै ललिता निवासको सरकारी जग्गामा अनाधिकृत मोही बन्नेहरूलाई पनि अख्तियारले बयानका लागि बोलाएको छ। ढकाल, सुवेदी र गुरूङको परिवारका नाममा अझै पनि २८ रोपनी जग्गा छ।