उदयपुर, २३ कात्तिक । कांग्रेस उदयपुर प्रदेश सभा १ (ख) मा सरोज बस्नेत नेतृत्वको प्यानल घोषणा भएको छ । ३ मंसिरमा हुने कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश सभा अधिवेशनका लागि बस्नेतले उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँनेपाली कांग्रेस त्रियुगा नगर समितिमा दुई कार्यकाल सभापति भइसक्नुभएको छ ।
प्रदेश सभा १ (ख) को उपसभापतिमा उद्धवबहादुर राउत, चन्द्रबहादुर तामाङ सचिवमा फिरन खड्का, कुवेर ग्रान्जा मगर, सहसचिवमा लक्ष्मणप्रसाद भट्टराई, अर्चना दनुवारले उम्मेदवारी घोषणा गर्नुभएको छ । प्रदेश महाधिवेशन प्रतिनिधि खुल्ला सात तर्फ उद्धवकुमार थापा, संजीवकुमार केसी, विश्वराज तामाङ, राजन ढकाल, केशर बुढाथोकी, दोधकुमार राई र भरतकुमार दाहालले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
यता, महिला खुला तीततर्फ गोमाकुमारी बस्नेत राउत, इच्छा रिजाल, रिता कार्की खड्काले उम्मेदवारी घोषणा गर्नुभएको छ । खस आर्य पुरुषतर्फ नरेश ढकाल, महिलामा गोमा कटुवाल, जनजाति पुरुषतर्फ भक्तबहादुर मगर, जनजाति महिलातर्फ मिराहाङ्ग वान्तावा, थारु प्रतिनिधिमा सत्यनारायण चौधरी र दलित प्रतिनिधिमा ध्रुब साह सोनारले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
क्षेत्रीय कार्यसमितिमा निर्वाचित हुने तीन सदस्यतर्फ दुर्गा कठायत, अर्जुन कटुवाल र मिना दनुवारको नाम घोषणा गरिएको छ । उदयपुर क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा खगेन्द्र राई, सचिवमा सन्तोष कोइराला र सुशील खत्रील उम्मेदवारी घोषणा गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्