जनता टाइम्स

२९ कार्तिक २०७८, सोमबार १०:१६

एमाले महाधिवेशनमा तेह्रथुमबाट को-को छानिए प्रतिनिधि ?


तेह्रथुम, कात्तिक २९ । नेकपा एमाले तेह्रथुमले १०औँ महाधिवेशनका लागि सहमतिमै प्रतिनिधि चयन गरेको छ । यही मंसीर १०-१२ गते चितवनमा हुने महाधिबेशनका लागि प्रतिनिधि चयन गरिएको हो ।

खुलातर्फ लक्ष्मण तिवारी, शिव ढुंगाना, सञ्जयकुमार तुम्बाहाम्फे, किशोरचन्द्र दुलाल, रामचन्द्र थपलिया र राम्रसाद तिम्सीना महाधिवेशन प्रतिनिधि बनेका छन् । महिलातर्फ रेनुका भट्टराई र रुपा कन्दङवा छनोट हुनुभएको छ ।

यस्तै दलिततर्फ अनुभूति नेपालीलाई चयन गरिएको जिल्ला सचिव शिव ढुंगानाले जानकारी दिनुभयो ।