विराटनगर, मंसिर ४ । मोरङ क्षेत्र नम्बर ६ ९ख० बाट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा १८ वर्षीया किशोरी चयन भएकी छिन् । १८ वर्षकी रक्षा यादव सर्वसहमतिमा प्रदेश प्रतिनिधिमा चुनिनु भएको हो ।
प्रतिनिधि चयन भएपछि रक्षाले सक्रिय राजनीतिमा लाग्ने प्रतिकृया दिनुभएको छ । अहिलेको नेतृत्वबाट देशको विकास असम्भव रहेकाले खबरदारी गर्न युवा पुस्ता राजनीतिमा आउनु पर्ने उहाँले बताउनु भयो । यस क्षेत्रबाट रक्षा मात्र सर्वसहमत प्रतिनिधि चयन हुनुभएको हो । अन्य प्रतिनिधिका उम्मेदवारहरूबीच निर्वाचन भइरहेको छ ।
रक्षा सर्वसम्मत हुँदा युवा पुस्ताका लागि उर्जा थप्ने काम भएको कांग्रेस विराटनगर महानगरका सहसचिव दिवस नेपालले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्