जनता टाइम्स

४ मंसिर २०७८, शनिबार २०:२१

ताप्लेजुङले छान्यो निर्वाचनमार्फत एमाले महाधधिवेशन प्रतिनिधि, को-को निर्वाचित भए ? (सूचीसहित)


ताप्लेजुङ, मंसिर ४ । नेकपा एमालेको दशौं महाधिवेशनका लागि ताप्लेजुङबाट १३ जना प्रतिनिधि चयन भएका छन । सहमतिको प्रयाश बिफल भएपछि ताप्लेजुङमा निर्वाचनमार्फत महाधिवेशन प्रतिनिधि चयन गरिएको हो ।

निर्वाचनमा बलबहादुर साम्सोहाङ, भूपेन्द्र थेबे , डम्बरध्वज तुम्बाहाङफे, गोपाल थोप्रा, छत्रपति प्याकुरेल, ओङदी शेर्पा, दीपेन पोमु र आशिस केदेम खुल्लातर्फ निर्वाचित हुनुभएको छ । यस्तै महिलातर्फ उर्मिला थेबे, भीमादेबी ओझा, मीनाकुमारी केदेम, टीकादेबी दाहाल र
दलिततर्फ मनकुमार नेपाली चयन हुनुभएको छ ।