काठमाडौं, १२ मंसिर । देशभरका आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छन्। सरकारले आंशिक प्राध्यापकको माग सम्बोधन नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिका प्रवक्ता एलबी विष्टका अनुसार आज त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा कोणसभाका साथै धर्ना दिइएको थियो।
आफूहरुलाई करारमा नियुक्ति गर्नुपर्ने र राज्यले उचित सुविधा दिनुपर्ने माग छ। आंशिक प्राध्यापक संघका अनुसार देशका २ हजार २ सय आंशिक प्राध्यापक रहेका छन्।













प्रतिक्रिया दिनुहोस्