जनता टाइम्स

१३ मंसिर २०७८, सोमबार १५:१०

उषाकलासहित ३ महिला प्रदेश १ वाट केन्द्रिय सदस्यमा निर्बिरोध


काठमाडौं, १२ मंसिर । नेकपा एमालेको १० औं महाधिवेसनमा प्रदेश १ की सांसद उषकला राईसहित ३ जना महिला केन्द्रीय सदस्यमा निर्बिरोध हुनुभएको छ ।

प्रदेश १ वाट ३ जनाको कोटामा उषाकला राईसहित निरा खनाल र मेनुका काफ्लेको मात्रै उम्मेदवारी परे पछि तीनै जना निर्बिरोध हुनुभएको हो ।

एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका तीन जना बिरुद्ध अन्यले कुनै उम्मेदवार नदिए पछि राईलगायत तीन महिला निर्बिरोध हुनुभएको हो । यद्धपी, निर्वाचन समितिले भने औपचारिक रुपमा निर्बिरोधको घोषणा गरेको छैन ।