जनता टाइम्स

१४ मंसिर २०७८, मंगलवार १३:१९

‘लेवान्डिस्कीलाई २०२० को बालोन डी ओर’ दिन फ्रान्स फुटबलसँग मेस्सीको माग


काठमाडौं, १४ मंसिर । अर्जेन्टिनी तथा फ्रेन्च क्लब पीएसजीका स्ट्राइकर लियोनल मेस्सीले किर्तिमानी सातौँ पटक बालोन डी ओर अवार्ड जित्नुभयो । सोमबार राति उहाँले आफ्नो फुटबलर करिअरको सातौँ बालोन डी ओर पाउँदा प्रमुख दाबेदार रोवर्ट लेवान्डिस्की दोस्रो स्थानमा सिमित हुनुभयो । वर्ष २०२१ को बालोन डी ओर जितेपछि मेस्सीले लेवान्डिस्कीलाई सन् २०२० को बालोन डी ओर दिनुपर्ने धारणा पनि राख्नुभयो ।

गत वर्ष २०२० मा फ्रान्स फुटबल म्यागेजिनले कोरोनाको कारण बालोन डी ओर वितरण नगर्दा ठगिएका लेवान्डिस्कीले उक्त पाउनुपर्ने मेस्सीको माग छ । वर्ष २०२० मा यो अवार्डको मुख्‍य हकदार नै लेवान्डोस्की हुनुहुन्थ्यो ।

वर्ष २०२१ को बालोन डि ओर अवार्ड थापेपछि मेस्सीले भन्नुभयो, ‘गत वर्ष हामी सबैले रोवर्टलाई बालोन डी–ओरको हकदार स्वीकारेका थियौँ, फ्रान्‍स फुटबलले उनलाई त्यो अवार्ड दिनुपर्छ भन्ने मेरो माग छ ।’लेवान्डिस्कीले गत सिजन ५५ गोल गर्नुभएको थियो । २०२०–२१ को सिजनमा उहाँले ४८ गोल गर्नुभएको थियो । यस वर्ष लेवान्डिस्कीले स्ट्राइकर अफ द इअर अवार्ड पाउनुभएको छ ।