जनता टाइम्स

१३ असार २०७६, शुक्रबार १७:०३

कोदोलो बोकेर जब उपराष्ट्रपति निस्किए…


काठमाडौं, असार १३

उपराष्ट्रपति नन्दबहादुर पुनले उपराष्ट्रपतिको भवन, ग्रीनहाउस परिसरको सरसफाई गर्नुभएको छ । यसैसाता लौचनचौरस्थित ग्रिन हाउसमा सर्नुभएका उहाले शुक्रबार विहान सरसफाई गर्नुभएको हो ।

शुक्रबार विहान आफ्ना सहयोगी, सुरक्षाकर्मी र कर्मचारीहरु सहित ग्रीनहाउस परिसरको सरसफाई गर्नुभएको थियो । उपराष्ट्रपतिले महिनामा कम्तीमा एक दिन श्रममा खट्ने बताउनु भएको छ ।