जनता टाइम्स

१४ असार २०७६, शनिबार ०९:१२

जमलमा ‘भयानक’ दुर्घटना


काठमाडौं, असार १४

काठमाडौँको जमलमा शनिबार बिहान एउटा कार ‘भयानक’ दुर्घटनामा परेको छ । केशरमहलबाट जमलतर्फ जाँदै गरेको कार जमलको होटेल याल्लो प्यगोडा अगाडि दुर्घटना परेको हो ।

ट्राफिक प्रहरीका अनुसार बिहान करिब सवा ७ बजे तिर बा ११ च ३६०४ नम्बरको कार दुर्घटना भएको थियो । ट्राफिक प्रहरीले यसलाई ‘भयानक’ दुर्घटना भनेपनि सबै सकुशल रहेको बताएको छ । दुर्घटनामा कारको इन्जिन नै निस्किएको छ भने कार केही पर गएर उल्टिएको छ ।

कुमारीपाटीस्थित मच्छिन्द्र आयाल स्टोरका संचालक डिए दवल श्रेष्ठको कार रहेको खुल्न आएको महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका इन्स्पेक्टर दयाकृष्ण भट्टले जानकारी दिनुभयो । मापसे गरेर कार श्रेष्ठ आफैंले हाकेको बताइएको छ । दुर्घटनाको समयमा कारमा चालकसहित ३ जना सवार रहेका थिए । चालाक श्रेष्ठ घाइते भए पनि अन्य २ जना सामान्य रहेको प्रहरीले जनाएको छ । कार उछिटिएर जमलमा रोकिराखेको पर्यटकको माइक्रोलाइ ठक्कर दिन पुगेको थियो ।