जनता टाइम्स

१४ असार २०७६, शनिबार १०:३०

कांग्रेसको मुख्यालय क्षेत्रमा बामदेवको वृक्षारोपण


काठमाडौं, असार १४

सरकारले शुरु गरेको वृक्षारोपण अभियान शनिवार देशभर चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर क्षेत्रमा विहान वृक्षारोपण गर्नुभयो ।

यसैक्रममा नेकपाका सचिवालय सदस्य तथा किसान महासंघका अध्यक्ष वामदेव गौतमलले विपक्षी दल नेपाली कांग्रेसको मुख्यालय सानेपा क्षेत्रमा विहान वृक्षारोपण गर्नुभएको छ ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा किसान महासंघको आयोजनामा नेता गौतमले सानेपा क्षेत्रमा वृक्षारोपण गर्नुभएको हो । रुख र हावा सबैको लागि अपरिहार्य भएको बताउदै नेता गौतमले वृक्षारोपण गर्नुभयो । ‘आजभोलि दिनानुदिन रुखहरू काटिँदै गएका छन् ।

अझ शहरी क्षेत्रमा त रुख विरुवा देख्नै पाइँदैन,’उहाले भन्नुभयो,‘त्यसैले सबैले आ–आफ्नो घर वरपर विरुवा रोपौं । वृक्षारोपणले मानव स्वास्थ्यमा पनि राम्रो गर्छ, त्यसैले यहाँ आएको हुँ ।’