जनता टाइम्स

२४ मंसिर २०७८, शुक्रबार १५:१८

कांग्रेसको एप सार्वजनिक


काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसले आफ्नो एप सार्वजनिक गरेको छ । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापपति शेरबहादुर देउवाले कांग्रेसको एप सार्वजनिक गर्नुभएको हो ।

सो एपमा पार्टीका नेता तथा क्रियाशील सदस्य, भ्रातृ संस्था, शुभेच्छुक संस्थालगायत सम्पूर्ण जानकारी उपलब्ध हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कांग्रेसको अहिले १४औँ महाधिवेशन उद्घाटन सत्रको कार्यक्रम भइरहेको छ ।