जनता टाइम्स

१४ असार २०७६, शनिबार १३:०१

सिन्धुलीमा रोपे उपप्रधानमन्त्री पोखरेलले रुख


सिन्धुली, असार १४

उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले सिन्धुली जिल्ला प्रशासन कार्यालय अगाडि रुख रोपेर राष्ट्रिय बृक्षारोपनको सुरुवात गर्नुभएको छ । नेपाली सेनाको संयोजनमा भएको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले रुख रोपेर अभियानको सुरुवात गर्नुभएको हो ।

सरकारले आजको दिनलाई राष्ट्रिय बृक्षारोपन दिवस घोषणा गरी मुलुकभर हरियाली बनाउने अभियान थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोटेश्वरमा रुख रोपेर अभियानको सुरुवात गरेलगत्तै सिन्धुलीमा उपप्रम पोखरेलले रुख रोपेर अभियान अघि बढाउनु भएको हो ।

सिन्धुलीमा हरेक ब्यक्तिले एउटा रुख रोप्ने अभियान अघि बढेको छ । उपप्रम पोखरेलसँगै उहाँका स्वकीय उपसचिव दिपेन्द्र श्रेष्ठसहित नेपाली सेनाका अधिकृत तथा जवान, सरकारी कर्मचारी र सर्वसाधरणले रुख रोपेर अभियान अघि बढाएका छन ।