काठमाडौं, १ पुस । जर्मनीले कोभिड–१९ महामारीविरुद्ध नेपाललाई मोडर्ना र जोन्सन एन्ड जोन्सन खोप गरी साढे ४१ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । जर्मनीका राजदूत स्टेफन रुसेकले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई मोडर्ना र जोन्सनको ४१ लाख ४२ हजार २५० डोज खोप प्रदान गर्नुभयो ।
कोभ्यासमार्फत सो परिमाणको खोप नेपालले प्राप्त गरेको हो ।
मोडर्ना खोप पुस ४ देखि देशभरका १२ देखि १८ वर्ष सम्मका करिब १८ लाख बालबालिकालाई लगाइने भएको छ । एक डोज मात्र लगाए पुग्ने जोन्सन खोपको ७ लाख १९ हजार ६५० डोज पनि काठमाडौं आइपुगेको छ । २१ लाख ७६ हजार जोन्सन खोपमध्ये यो पहिलो खेप नेपाल आएको हो । यसअघि आइतबार १९ लाख ६५ हजार ६०० डोज खोप नेपाल आइसकेको छ ।













प्रतिक्रिया दिनुहोस्