काठमाडौं, १ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा संगिता मिश्राले पाउनुभएको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रवक्ताको जिम्मेवारी डा. मिश्रालाई दिने निर्णय गर्नुभएको हो ।
यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले सम्हाल्नुभएको थियो ।
स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकालले मन्त्रालयको समन्वय महाशाखाको प्रमुख नै प्रवक्ता हुने चलन अनुरुप डा. मिश्रालाई सो जिम्मेवारी दिइएको बताउनुभयो । यसअघि प्रसुतिगृह अस्पतालमा निर्देशक रहनुभएको डा. मिश्रालाई गत १२ मंसिरमा सरुवा गरी मन्त्रालयको समन्वय महाशाखामा ल्याइएको थियो ।













प्रतिक्रिया दिनुहोस्